एभरेष्ट बिद्यार्थी गरे नमुना मतदान

झबिन्द्र देवकोटा
बुटवल, १७ साउन । बुटवल− ८ सुख्खानगरमा रहेको एभरेस्ट माविका विद्यार्थीहरुले नमुना मतदान गरेका छन । मतदानका विषयमा व्यवहारिक ज्ञान दिने उद्देश्यले कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुले बिद्यालयमा नमुना मतदान गरेका हुन ।

मतदान कार्यक्रममा बिद्यालयमा अध्ययनरत १ सय ५५ जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा निर्वाचन क्षेत्र नं। १ र २ गरी दुई क्षेत्रमा विभाजन गरी प्रत्यक्ष तर्फ दुई र समानुपातिक तर्फ १ गरि निर्वाचन गराईएको थियो । राष्ट्रिय प्रगतिशिल पार्टी, स्वतन्त्र पार्टी नेपाल, सकारात्मक सोच पार्टी, राष्ट्रिय युवा पार्टी गरी ४ दलले मतदानमा सहभागिता जनाएका थिए । मतदानमा आवश्यक पर्ने सम्पूर्ण पक्षहरुको पूर्ण तयारीका साथ सम्पन्न उक्त्त निर्वाचनमा प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं। १ वाट राष्ट्रिय युवा पार्टीका उमेम्दवार सिलवन्त पाण्डे र निर्वाचन क्षेत्र नं। २ बाट स्वतन्त्र पार्टी नेपालका सुष्टी पुन विजयी भएका छन् । यसैगरी समानुपातिक तर्फ स्वतन्त्र पार्टी नेपालकै उमेम्दवार सक्षम पोख्रेल विजयी भएको निर्वाचन अधिकृतद्वय बालकुष्ण भुसाल र माधव पौडेलले जानकारी दिए । निर्वाचन मर्यादित, व्यवस्थित र शान्तपूर्ण रुपमा सम्पन्न भएको समेत निर्वाचन आयुक्त्तद्वय मोहन पाण्डेय र रमेश प्रोखेलले जानकारी गराए ।

मतगणना पछि विजयी उमेम्दवारहरुलाई वधाई तथा शुभकामना व्यक्त्त गर्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले यस नमुना निर्वाचनले विद्यार्थीहरुमा निर्वाचनका सम्बन्धमा सम्पूर्ण व्यावहारिक ज्ञान हाँसिल भएको भन्दै निर्वाचन सफल गराउन खट्ने सम्पूर्ण सहभागी मतदाता बिद्यार्थी तथा शिक्षकलाई धन्यावाद तथा विजयी उमेम्दवारलाई वधाई दिएका थिए । ।

 
 
  
 

You may also like