संजीवनीद्धारा तालिम सम्पन्न

बुटवल। संजीवनी कलेज अफ मेडिकल साइन्सेज, बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले दुइ दिने तालिम सम्पन्न गरेका छन् ।

साउन १६ गते महिनावारी सरसफाइ व्यवस्थापन तथा १७ गते इन्टरनेट लत र यसको स्वास्थ्य र शिक्षामा पर्ने प्रभावका विषयमा कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माविका साइन्स कक्षा बाह्रमा पढ्ने गरी कुल चालिस जनालाई प्रशिक्षणदीएको छ ।

समापन समारोहका प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उप निर्देशक महेश बरालले सहभागि प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेको थिए । उद्घाटन तथा समापन सत्रको सभापतित्व क्रमशः आश्रीत श्रेष्ठ र शारदा शर्मा तथा प्रकाश पौडेल , समिक्षा अर्यालद्धयले कार्यक्रमको संचालन गरेका थिए ।

सो तालिम कार्यक्रममा कलेजका सिइओ दिपक रोका, प्रिन्सिपल सुमित्रा कोइराला, तालिम संयोजक मदन पन्थी, प्रशासकीय अधिकृत राजु अर्याल तथा अन्य पब्लिक हेल्थका कोअर्डिनेटर र लेक्चररहरुले आफ्ना भनाइ राखेका थिए । तालिमको सहजिकरण छैटौंसेमेष्टरका विद्यार्थीहरुले गरेका थिए । तालिमका सहभागिहरुले आफूहरु तालिमबाट धेरै कुराहरु लगाएत तालिम संचालन विधी समेत प्रभावकारी रुपमा सिकेको बताए ।

 
 
  
 

You may also like