कपिलबस्तुको बुद्धभुमिमा नि:शुल्क स्वास्थ्य शिविर

by समतल अनलाइन

विष्णु घिमिरे

बुटवल । कपिलबस्तुको बुद्धभुमि नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिटिजन लाइफइन्सुरेन्स, न्यु बुटवल फार्माको आयोजना तथा अनौपचारीक सेवाकेन्द्र इन्सेक कपिलवस्तु र बुद्धभुमि नगरपालिका वडा न ९ को समन्वयमा एक दिवशीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

निशुल्क स्वास्थ्य शिविरमा मुटु ,छाती, पेट र, प्रसुति तथा महिला साथै दाँत गिजा ,हाड जोनी तथा नसर्ने रोगहरुको निशुलक् उपचार गरिएको थियो ।

शिवीरमा करिव तिन सय ५० जनाले स्वाथ्य परिक्षण गराएका थिए । सिविरमा इन्सेकले मानवअधिकार उल्लघन ,ज्यादती तथा महिला हिंसाका विषयमा समेत परामर्श दिएको थियो । सो अवशरमा सहभागिहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै सिटीजन लाइफ इन्सुरेन्सले पनि जीवन विमाका वारे परामर्श सेवा दिएको थियो ।

स्वास्थ्य शिविरको बुद्धभुमि नगरपालिकाकी उपमेयर तथा प्रमुख अतिथी मिरा थारुले निशुल्क स्वास्थ्य सिविरको आयोजना गरि नागरिकलाई घरदैलोमै सेवा प्रदान गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गरिरन ।

शिविरमा प्रदिप जगं केसीले निशुल्क स्वास्थ्य सिविर मार्फत नागरिकको सेवागर्न पाएकोमा आफु हर्सित भएको बताएका थिए । उनले सामाजिक कार्य गर्नाले पुन्य हुने बताए ।

यस्तै सिटजन लाइफ इन्सुरेन्सका चिफ विगनेश अफिसियर शुनिल पोखरेल ,न्यु बुटवल फार्माका गणेश शर्मा ले स्वास्थ्य सिविर मार्फत नागरिकको स्वास्थ्य उपचार सगै जिवन विमा गरि सुरीक्षत रहन आग्रह गरेका थिए ।

कार्यक्रममा सिटिजन इन्सुरेन्स जितपुर शाखा प्रमुख सम्झना रेग्मीको अध्यक्षता इन्सेकसहजकर्ता नन्दराम पौडेलको संचालन र बुद्धभुमि नपा वडा न ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेको स्वागतमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like