तिलोत्तमा प्रिमियर लिग : बुटवल युनाइटेडको सेमिफाइनल पुग्ने सम्भावना बलियो

by समतल अनलाइन

बुटवल । तिनाउ टाइटनसलाई १३ रनले पछि पार्दै बुटवल युनाइटेडले तिलोत्तमा प्रिमियर लिगमा सेमिफइनलको सम्भावना वलियो बनाएको छ । सेमिफाइनल प्रवेशका लागि बुटवलले भोली रुपन्देही पल्टन्स्संगको खेल जित्नुपर्ने हुन्छ ।

टस जितेर पहिले व्याटिङ गरेको बुटवल युनाइटेडले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बुटवलका लागि मृनल गुरुङले ५२ बलमा सर्वािधक ४५ रन बनाएका थिए ।

१ सय ४२ रनको विजय लक्ष्य पाएको तिनाउ जवाफि व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर १ सय २८ रनमा समेटिएपछि जित दर्ता गर्नबाट चुकेको हो । तिनाउका लागि सन्दिप जोराले २९ रन बाहेक अन्य ब्याटसम्यानहरुले समानजनक रन बनाउन नसक्दा हार व्यहोर्नुपरेको हो ।

तिनाउलाई सस्तैमा समेट्नका लागि बुटवलका मैनुद्धिन खान र राहुल प्रजापतिले समान ३ / ३ विकेट लिए । आफ्नो ४ ओभरको ब्याटिङ्गमा मैनुद्धिनले २३ खर्चिएर भने राहुलले मात्र २० रन खर्चिएका थिए । अर्का बलर सुसान भारीले ४ ओभरमा २२ रन खर्चिदै २ बिकेट लिएका थिए ।

प्रतियोगितामा बुटवलका मृनल गुरुङ्ग मष्ट भ्यालुएवल खेलाडी बने भने बुटवलकै मैनुद्धिन खानले म्यान अफ द म्याचको उपाधी जित्न सफल भए ।
यो जितसंगै बुटवल युनाइटेडले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो । पोल ए मा रहेको ज्ञानोदय गोल्डस्ले सेमिफाईनलमा स्थान शुरक्षित बनाईसकेको छ भने रुपन्देही पल्टन्स् र बुटवल युनाईटेडबिच हुने भोलिको पहिलो खेलको बिजेता पोल ए बाट सेमिफाइनल जाने अर्को टिम हुनेछ । पोल बि बाट मणिग्राम किंगस् र पाल्पाली लिजेन्टस् यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन ।

यस्तै सन्दिप सुनार र राजविर सिंहको उत्कृट खेलसंगै एक्पर्ट रोयल शंकरनगरले आजको दोस्रो खेलमा विजयी भएको छ । एक्पर्टले सुपर ११ भैरहवालाई ६३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।

पहिला ब्याटिङ्ग गरेको शंकरनगरले निर्धारित २० आोभर खेल्दै ३ विकेटको क्ष्यतिमा १ सय ६० रनको योगफल तयार पारेको थियो । १ सय ६१ रनको बिजय लक्ष्य सहित ब्याटिङ्ग थालेको भैरहबालाई शंकरनगरले १७ दशमलव ३ ओभरमा ९७ रनमा समेटेको थियो ।

शंकरनगरको जितका लागि सन्दिप सुनारले ३४ बलमा ४४ रनको योगदान गरेभने आफ्नो ४ ओभर बलिङ्गमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै राजविर सिंहले ३९ बलमा ४८ रनको योगदान गरे । त्यस्तै टिमको जितका लागि शंकरनगरका रमेश कुर्मीले २ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

प्रतियोगितामा शंकरनगरका राजविर सिंह मष्ट भ्यालुएवल खेलाडी बने भने म्यान अफ द म्याचको उपाधी शंकरनगरकै सन्दिप सुनारले जिते ।

भोलिको पहिलो खेल सेमिफाईनल प्रवेको संघारमा रहेका रुपन्देही पल्टन्स् र बुटवल युनाईटेडबिच हुनेछ भने दोस्रो खेलमा सियारी राइनोज्ले मणिग्राम किंगस्को सामना गर्नेछ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

 
 
  
 

You may also like