राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ । बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेका थिए भने २४ मुलुकले यसको विपक्षमा मतदान गरेका थिए ।

त्यस्तै ५८ मुलुक अनुपस्थित भएका थिए । मानव अधिकार परिषद्बाट कुनै मुलुकलाई हटाउन महासभामा हुने मतदानमा सहभागी मुलुकमध्ये दुई तिहाइ मत आवश्यक पर्छ । यससँगै ४७ सदस्यीय मानव अधिकार परिषदबाट रुस बाहिरिएको छ ।
यो मतदानपछि राष्ट्रसंघका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको बताए ।

साथै उनले मानव अधिकार परिषदबाट बाहिरिएको घोषणा समेत गरे । ‘निलम्बित गरेपछि तपाईंले राजीनामा बुझाउन मिल्दैन’, राष्ट्रसंघका लागि युक्रेनका स्थायी प्रतिनिधि सेर्गिभ किस्लित्स्याले भने ।

 
 
  
 

You may also like