बतास समूहले पशुपति धर्मशालामा चलाएको होटलमा सरकारले लगायो ताला

काठमाडौं । बतास समूहले भाडामा लिएर सञ्चालन गरेको आनन्द पशुपति होटलमा सरकारले ताला लगाएको छ । सरकारको निर्णय गैरकानुनी भएको भन्दै क्षतिपूर्ति दाबी गर्दै अदालत पुगेको भोलिपल्टै सरकारले ताला लगाएको हो ।

पशुपति विकास कोषका कर्मचारी पुगेर होटल आनन्दमा तालाबन्दी गरेका हुन् । सो समूहका अध्यक्ष आनन्द बतासका अनुसार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निणर्यले २५ करोड रुपैयाँ क्षति पुगेको छ । सो क्षति पूर्तिको माग गर्दै बतास समूह अदालत गुहार्न पुगेको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ करोड रुपैयाँ क्षतिपूर्तिसहितको मुद्दा दायर गरेको बतासले जानकारी दिएका छन् ।

बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका छन् । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए । सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निणर्य गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको थियो । त्यसैले कोषले धर्मशाला खाली गराउन प्रयत्न गरे पनि बतास समूहले मानेको छैन ।

हेर्नुस् कोषले टाँसेको सूचना

 
 
  
 

You may also like