कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि, करिब चार लाख विद्यार्थी सहभागी हुने

५ चैत्र २०७८, शनिबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।

आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निणर्य गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा वेबसाइटमा राख्ने उनले बताए ।

प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो । यस वर्ष झण्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया