युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी : राष्ट्र संघ

किभ । युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले युक्रेन छाडेको राष्ट्र सङ्घको प्रारम्भिक तथ्याङ्क छ ।

यीमध्ये झण्डै एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले बताएका छन् । ३० लाखको आधा संख्यामा झण्डै १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् ।

युक्रेनमा हरेक दिन ७० हजारभन्दा धेरै बालबालिका शरणार्थी भएका छन् । संयुक्त राष्ट्र सङ्घ बाल कोषका प्रवक्ता जेम्स एल्डरले हरेक मिनेट ५५ जना बालबालिका देश छोडेर विदेशिने गरेका उल्लेख गरेको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like