शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा अब वस्तुगत प्रश्न मात्रै

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ ।

अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने शिक्षक सेवा आयोगले जनाएको छ । यसअघि आयोगले १०० पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको छ भने ५० उत्तीर्णाङक राखिएको छ ।

 
 
  
 

You may also like