बलात्कारपछि हत्या गरिएकी १८ महीने बालिकाको न्यायका निम्ति बुटवलमा प्रदर्शन

बुटवल।मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महीने नाबालिकाको न्यायका लागि बुटवलमा प्रदर्शन गरिएको छ।

फेसबुकमा रहेको ‘श्रीमती संगठन’ नामक ग्रुपले आयोजना गरेको प्रदर्शनमा विभन्न पेशा व्यवसायमा रहेका महिलाहरूको सहभागिता थियो।

ह्यासट्याग #IamRapeSurvivor लेखेर गरिएको प्रर्दशनमा बलात्कार तिमीहरू गर्ने, लुकेर हामी बस्नुपर्ने ? तिमीहरू खुलमखुला हिँड्ने हामी भित्रभित्रै पिल्सिने ? गलत हामी हैन, तिमीहरू हो।, बलात्कारविरुद्ध शिक्षा विद्यालयबाटै शुरु गरौँ, पीडकलाई बचाउनेहरूलाई कारबाही गर, बलात्कारविरुद्ध उभिने पार्टीलाई मात्र भोट दिन्छौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाऊ।

छोरी चेलीको रक्षा गर्न नारी शक्ति एक हौँ। कपाल काट्ने मेकअप गर्ने छोटो लुगा लगाउने हाम्रो गल्ती हैन, तिम्रो मानसिकता गलत हो’ लगायतका नारा लेखिएका प्लेकार्ड राखिएको थियो।

 
 
  
 

You may also like