स्तरीय सेवा दिए अस्पतालमा बिरामिको अभाव हुँदैन : सभामुख घर्ती

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले स्तरीय र सर्वसुलभ रुपमा सेवा प्रदान गरे अस्पतालहरुमा बिरामिहरु आफै आउने बताएका छन् ।
बुटवलमा सञ्चालीत तिनाउ इन्टरनेशनल अस्पतालको सुत्रबार उद्घाटन गर्दै सभामुख घर्तीले ग्राहकको माग अनुसारको सेवा प्रदान गरे अस्पताल खोज्दै बिरामिहरु आफै आउने बताए । नेपालमा दुई किसिमका ग्राहक भएको भन्दै उनले उनिहरुको माग अनुसारको सेवा प्रवाह गर्न अस्पतालहरुलाई सुझाव दिए ।

उनले कसैले कम पैसामा सेवा पाइयोस् भन्ने र कसैले जतिसुकै खर्च लागे पनि गुणस्तरीय र सुबिधा सम्पन्न सेवा पाइयोस् भन्ने दुई खाले बर्ग रहेको भन्दै उनले ति दुबै बर्गको माग अनुसारको सेवा प्रदान गर्न सके अस्पताल राम्रोसँग सञ्चालन हुने बिचार व्यक्त गरे ।

अस्पतालका अध्यक्ष करुण खनालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा देबदह नगरपालिका का प्रमुख हिरा केसी, अफिन रुपन्देहीका अध्यक्ष राम प्रसाद खरेल,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल,पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल,अस्पतालका सञ्चालक चिरन्जिबी जोशी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like