टी-२० विश्वकप छनौटमा केन्यामाथि नेदरल्याण्डसको सहज जित

by समतल अनलाइन

काठमाडौँ । टी-२० विश्वकप छनौट खेलमा नेदरल्याण्डसले केन्यालाई पराजित गरेको छ । आज भएको खेलमा नेदरल्याण्डसले केन्यालाई ३० रनले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १६७ रनको लक्ष्य पछाएको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै १३६ रन बनाएको थियो । केन्याका लागि कोलिन्स ओबुयाले सर्वाधिक ६३ रन बनाएका थिए । त्यस्तै राकेप पटेलले २६ रन बनाए । नेदरल्याण्डसका बलरपाउल भान मीकेरेनले सर्वाधिक ३ विकेट लिए भने फ्रेड क्लासेनले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विएक्त गुमाउदै १६६ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडोउडले सर्वाधिक ५३ रन बनाए भने बेन कोपरले ३६ रन बनाएका थिए । त्यस्तै कप्तान पिएटर सीलारले अविजित २४ रन बनाए भने रोएलोफ भान डेर मेर्वेले अविजित २१ रन बनाएका थिए भने टोवियासले २० रन बनाएका थिए । योसँगै नेदरल्याण्डसले समुह ए मा विजयी शुरुवात गरेको छ ।

विश्वकप छनौट अन्तर्गत समुह ए बाट नेदरल्याण्डस र सिंगापुरले विजयी शुरुवात गरेका छन् । त्यस्तै स्कटल्याण्ड र केन्याले पराजयबाट विश्वकप छनौटको शुरुवात गरेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्डले विजयी शुरुवात गरेको छ भने हङकङ पहिलो खेलमा पराजित भएको छ ।

आजै समुह बि बाट आयोजक युएई र ओमान खेल्दै छन् ।

 
 
  
 

You may also like