मरे देशमै मर्छु’ भन्दै अमेरिका जान चाहेनन् युक्रेनका राष्ट्रपति

by समतल अनलाइन

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले गरेको उद्धारको प्रस्ताव अस्वीकार गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले जेलेन्स्कीलाई सहयोग गर्नको लागि भन्दै युक्रेनबाट उद्धारको प्रस्ताव गरेको थियो । ‘यहाँ युद्ध चलिरहेको छ । मलाई गाडी होइन, गोलाबारुद चाहिएको छ’, जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

रुसले गरेको आक्रमणको डटेर सामना गर्ने प्रतिबद्धता जनाका जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । पूर्व कमेडियन तथा कलाकार समेत रहेका जेलेन्स्कीले यसअघि रुसलाई भनेका थिए, ‘तिमीले हामीमाथि आक्रमण गर्दा हाम्रो अनुहार देख्नेछौं ढाड होइन ।’

शुक्रबार जेलेन्स्कीले एक भिडियो पोस्ट गरेका थिए । जसमा उनीसहित उनका प्रमुख सहयोगीहरु पनि साथमा देखिएका थिए । किभमा आक्रमण भएपछि जेलेन्स्की देश छाडेर भागे भन्ने हल्लाका बीच उनले उक्त भिडियो सार्वजनिक गरेका हुन् । ‘हामी सबै यहाँ छौं र हामी यहीं रहने छौं’, भिडियोमा उनले भनेका छन् ।

 
 
  
 

You may also like