हाब्रेको छालासहित तीन जना पक्राउ

by समतल अनलाइन

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले संरक्षित सूचीको हाब्रे (रेडपाण्डा) को छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै रोल्पाका छन् ।

पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ बस्ने ३२ वर्षीय रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने २० वर्षीय रुपक खडका र सुनछहरी गाउँपालिका-७ बस्ने १९ वर्षीय रामकुमार पुन मगर छन् ।

हाब्रेको छाला ठूलो मात्रामा हिमाली क्षेत्रबाट ल्याइ दाङ जिल्ला हुँदै काठमाडौं लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले शुक्रबार बेलुकी उनीहरूलाई भालुवाङबाट पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका-१ भालुवाङ-प्यूठान सडक खण्डमा हाब्रेको पाँच थान छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

 
 
  
 

You may also like