भारतमा एकै दिन २ लाख ६८ हजारलाई कोरोना, ४०२ को मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार ८३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको भन्दा ४ हजार ६३१ ले बढी हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार नाघेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४०२ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ लाख ८५ हजार ७५२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४३ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा मात्र थप ११ हजार ३१७ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पश्चिम बंगालमा २२ हजार ६४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २८ हजार ७२३ जना‚ केरलमा १६ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।

 
 
  
 

You may also like