नेपालमा एकै दिन ४,६३६ मा कोरोना संक्रमण, चार जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कूल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ । कूल संक्रमितमध्ये २१ हजार ५८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

उक्त अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । हाल १२६ जना क्वारेन्टाइनमा छन्। ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like