अमेरिकामा सडक दुर्घटनामा आमा-छोरीको मृत्यु, चार घाइते

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा नेपाली मुलका दुई नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गत शनिबार अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा अन्य ४ जना घा इते भएका छन् ।

दुर्घटनामा परी नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको मृत्यु भएको र अर्की २२ वर्षीया सृजना विश्वकर्माको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले आफ्नो फेसबुक पेजमार्फत् विज्ञप्ति जारी गरेको छ ।

 
 
  
 

You may also like