विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारकाे आह्वान

by समतल अनलाइन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले सरकारको समृद्ध नेपालको यात्रामा साथ दिन विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्ने बताउनु भएको छ ।

विदेशमा रहेका नेपालीहरूलाई नेपालमै फर्कन आह्वान गर्दै उहाँले सके स-शरीर फर्कन, नसके नेपालको समृद्धको यात्रामा साथ दिन आग्रह गर्नुभएको हो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको गैरआवासीय नेपालीको नवौं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले विदेशमा रहेका हाम्रा गैर-आवसीय नेपालीहरूलाई सके भौतिक रुपमा फर्कन, नसके नेपालको विकासको पथमा ज्ञान, सीप र प्रविधिसहित साथ दिन आग्रह गर्नुभएको हो ।

उहाँले गैर आवासीय नेपालीहरूलाई सरकारले विकासको साझेदारको रुपमा लिएको भन्दै थप सक्रियताका साथ सहभागी हुन आग्रह समेत गर्नुभयो ।

गैर-आवासीय नेपालीलाई आर्थिक, राजनीतिक र सामाजिक अधिकारसहितको नागरिकता दिन नागरिकता ऐन संशोधनको अन्तिम तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

 
 
  
 

You may also like