दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि, १४ सयसम्म पुग्यो एक्यूआई

by समतल अनलाइन

नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर खतराको तहभन्दा माथि पुगेको छ । शुक्रबार बिहान ६ बजे त्यहाँको हावाको गुणस्तर ६५५ पुगेको स्वीट्जरल्याण्डस्थित हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरले जनाएको छ ।

समग्र दिल्लीको हावाको गुणस्तर साढे ६ सयको हाराहारीमा रहे पनि दिल्लीभित्रका केही स्थानको हावाको गुणस्तर १४ सयभन्दा बढी पुगेको छ । नेहरु नगर, जवारलाल नेहरु स्टेडियम, ओक्ला फेज लगायतका स्थानमा एक्यूआई १ हजारभन्दा माथि पुगेको छ ।

एक्यूआई ५ सय भन्दा माथि पुगेपछि घातक मानिन्छ । यस्तो हावामा निस्कनु खतरानाक मानिन्छ । दिल्ली सरकारले पटाका पड्काउन पूर्ण प्रतिबन्ध लगाए पनि अधिकांश स्थानमा रातभर पटाका पड्काएको आवाज सुनिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
त्यहाँ पटाका पट्काउन रोक्नका लागि भन्दै ‘पटाका होइन दियो जलाऔं’ नामक अभियान समेत सञ्चालन गरिएको थियो । एजेन्सी

 
 
  
 

You may also like