कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं। आज देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज ददिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहने छ । बुलेटिनमा भनिएको छ–प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति देशका प्रदेश–१, प्रदेश–२ र बागमती आंशिकदेखि सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने छ ।
बुलेटिनमा भनिएको छ : प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 
 
  
 

You may also like