प्रदेश ५ का मठमन्दिरमा भिक्षा माग्न नपाईने

by समतल अनलाइन

वुटवल। प्रदेश नम्बर ५ मा सोमबारदेखि मठ मन्दिरमा बसेर भिक्षा माग्न नपाईने भएको छ । मठ मन्दिर , सडक पेटिमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी गरेको सामाजिक विकास मन्त्री सुर्दशन बरालले बताउँनु भएको छ । प्रदेश ५ मा मागेर खाने प्रबृत्तिको अन्त्य हुने उँहाले दाबी गर्नुभयो ।

मानव सेवा आश्रमले आईतबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि शिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गर्दै प्रदेशका सबै मठ मन्दिरमा लागु गरिने बताउँनु भएको हो ।

माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको छ बरालले भन्नुभयो यसको अन्त्यको लागि प्रदेश सरकार लाग्ने बताउँनुभयो ।

मठ मन्दिरमा विकृत्ति कुरुप बढ्दै गएको उँहाले बताउँदै भिक्षा माग्न निषेध गर्दै काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याईने बताउँनु भएको छ । काम गर्न सक्ने मानिसले काम गरेरै खानु पर्छ उँहाले भन्नुभयो अब मागेर खान पाईने बरु सरकारले काम दिने दाबी गर्नुभयो ।

माग्न बाध्य भएका मानिसको सरकारले जिम्मेवारी दिने मन्त्री बरालले बताउँनुभयो । मागेर खानु पर्ने बाध्यताको सरकारले अन्त्य गरेर छाड्ने उँहाले दाबी गर्नुभयो ।

 
 
  
 

You may also like