सपना कसरी पुरा गर्ने ? सपना पुरा गर्न यी ५ ‘टिप्स’ सम्झि राख्नुहोला

by समतल अनलाइन

धेरै मान्छेले सोच्ने कुरा सपना हुन् । खैर, सपना जस्ता हुन्, चन्द्र छुने हुन् वा धरतीमै निहित सपना तर सपना सपना नै हुन् । जो सुकैलाई सपना प्यारा हुन्छन् । मलाई अनि तपाइलाई पनि । हो कि हैन भन्नु त ?

हुन् त आफुले हुर्काएका प्रत्येक कुराहरु प्यारा हुन्छन् । प्यारा त यसकारण पनि हुन्छन् कि सपनाहरुसँग हाम्रा भावना जोडिएको हुन्छन् । सपना पुरा हुँदा खुशी बन्छौ । सपना खेर जादाँ रुन्छौ । बेदना पोख्छौ । रोएर आफुलाई हल्का बनाउछौ । रोएर हुनेवाला केही छैन बरु दिमाग लगाएर पो सोच्ने कि । यति बेला कुनै बिद्दानले भनेको सम्झन्छु “कुनै पनि काममा सफल बन्न दश हजार घन्टा लगानी गर्न नै पर्छ ।”

महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो प्रश्नोत्तर कवितामा सपना र उदेश्यका बारेमा यसो भनेका छन्,

के हो ठुलो जगतमा पसिना विवेक ?
उदेश्य के लिनु उडी छुनु चन्द्र एक ।

सुरुमा त म को हुँ ? के हुँ ? के बन्न चाहन्छु भन्ने कुराले नै फरक पार्छ । वास्तवमा हामीले लगानी के कुरामा गर्ने भन्ने कुराले पनि फरक चै पार्छ ।

नेपाल देशको सामाजिक संरचना पनि यस्तै नै छ । छिमेकी कलाकारितामा सफल भयो भने आफ्ना छोराछोरी पनि त्यही कुरामा सफल बन्छन् भन्ने लागेर छोराछोरीलाई पनि त्यतै काम गर्न प्रेरित गर्ने चलन छ । कहिल्यै पनि सोच्दैनन् कि छोराछोरी के चाहिरहेका छन् ? के खोजिरहेका छन् ? उनीहरुको आफ्नो प्रतिभा र सपना के हो ? आफुलाई चाख लागेको विषयमा सफल बन्न केही हदसम्म सजिलो नै छ । अभ्यास गरिहेका कुरा नै सपना बन्दा केही कदम सपनाहरु अधि बढिसकेका हुन्छन् ।

अभिभावकले आफ्ना सपनाहरु आफ्ना सन्तानमा थोपर्नु भन्दा अगाडी यो बारेमा सोच्नै पर्छ ।

सपना कसरी पुरा गर्ने भनेर युवराज कटुवालले उज्यालो पाटोको लागि ५ वटा टिप्सहरुको लेख पठाउँनु भएको हो । आशा छ, तपाईहरुले यो लेखलाई आत्मसाथ गर्नु हुनेछ ।

१. सपना देख्नुहोस्

हरेक कुरा पहिला दिमागमा र मुटुमा बनिन्छन् । प्रत्येक महान् उपलब्धीहरु सबै भन्दा पहिले मान्छेको दिमागमा नै बनेको हुन्छ ।

आफ्नो केही समय लगाएर ठण्डा दिमागले सोचौ । यो गर्दा के हुन्छ, त्यो गर्दा के हुन्छ भनेर । केही त्यस्ता कुरा नसोचौ जस्ले आफैलाई हतोत्साहित बनाओस् । कुनै विद्धानले भनेका छन्, “यदि तिमी आफ्ना सपनाहरुलाई साच्चै नै पछ्याउन चाहन्छौ भने आफ्ना सपनाहरुलाई कुनै पनि स्थितिमा नछोड ।”

२. विश्वास गर्नुहोस्

अवश्य नै तपाईका सपनाहरु ठुला ठुला हुनपर्छ । स–साना सपनाले सानै अर्थ राख्छन् । सुरुसुरुमा त जोसुकै लड्छन् । पछारिन्छन् तर सपनाहरु तिनका मात्रै पुरा हुन्छन्, जो लडेर उठेपछि सोही बाटो फेरी हिड्छन् ।

आफैलाई विश्वास गर्न सके सबै कुरा सकारात्मक बन्दै जान्छन् । आफैलाई विश्वास गर्न सिकौँ । आफुले देखेको सपनालाई विश्वास गर्न सिकौँ ।

जहिले पनि उच्च सपना राखेर काम गर्न सक्नुपर्छ ।

३. भन्नुहोस्

धेरै सपनाहरु धेरै सामु पुग्दैनन् किनकी यी कसैलाई भनिएका हुदैनन् । सपना जुन दिमागमा बस्छन् र आफुलाई छटपटीमा पारिरहन्छन् । सपना कसै न कसैलाई भन्यो भने त्यसले मुर्तरुप लिन्छ र अघि बढ्न प्रेरित गरिरहन्छ ।

यसो भन्दैमा सपनाहरुका बारेमा अनावश्यक चर्चा र बहस गरिराख्ने भन्ने होइन तर सपनालाई आवश्यक पर्दा अरुका सामू सुनाउँन लाज वा संकोच मान्नु हुदैन । तपाईका सपना तपाईले आफ्नो लागि देख्ने हो । त्यसको अर्थ पनि तपाईका लागि मात्रै हुन सक्छ । अरुलाई त्यसको अर्थ लागोस् या नलागोस् तर तपाई आफुमा आफ्नो सपनाप्रति गौरव हुनै पर्छ ।

४. योजना बनाउनुहोस्

हामी जुनसुकै काम गर्दा योजना बनाएर गर्छौ । योजना त्यस्तो बनोस्, जुन सदासदाको लागि होस् । तर, यसका लागि रणनीतिहरु भने परिवर्तनशील हुनु पर्छ । हामी सपनाको स्थायी योजना बनाउँन सक्छौ तर रणनीति स्थायी भयो भने अप्राकृतिक हुन जान्छ ।

सहि योजना नभएमा बिच बाटोमा हामी धेरै जना के गर्ने, कसो गर्ने भनेर अल्मलिएका हुन्छौँ । भविष्यको बाटो पनि अन्धकारमय देख्छौ । त्यै भएर कुनै पनि काम गर्नु पुर्व विस्तृत योजना बनाउनु पर्छ ताकी आउने दिनमा योजना बनाइएका काम सकुशल गर्न सकौ ।

५. रमाइलो मनाउनुहोस्

सपनाको बाटो गजबको हुन्छ । यदि सपना पुरा भए पछि मात्रै रमाउँने भनेर बसियो भने बाटो निराशाजनक हुन्छ । सपनाको प्रयासमा रमाउँन सक्नु पर्छ ।

मानविय प्रवृति भन्नपर्छ, दुखमा आतिने र सुख हुदा मात्तिने । यसले हामीलाई अस्थिर बनाउँछ । स्थिर हुनका लागि हामी सकेसम्म हरेक परिस्थितीमा उस्तै मनस्थितीको हुन सक्नु पर्छ । उस्तै हुन नसके कम भन्दा कम मात्रै तल माथि होस् ।

 
 
  
 

You may also like