सैनामैनामा पनि सराय नाच नाच्दै यस बर्षको बिजया दशमीलाई बिदाइ ( भिडियो सहित )

by समतल अनलाइन

 शिब अधिकारी

सैनामैना । विगतका बर्षहरुमा जस्तै सैनामैनाको रामापुर स्थित नमुना बस्तीमा अवस्थित कालिका दुर्गा मन्दिरमा दशै पुर्णिामाको अवसरमा सराय नाच सहित जमरा बिर्षजन गरिएको छ ।

घटस्थापनाका दिन जमरा छर्ने र दशमीका दिनदेखि पुर्णिामाको दिन सम्म टीकासँग जमरा लगाएर मनाईने हिन्दुधर्मावलम्बीहरुको महान चाड बिजया दशमीको अन्तिम दिन आज देश भरका दुर्गा मन्दिरमा सराय नाच सहित जमरा बिर्षजन गरि धुमधामका साथ मनाईरहदाँ कालिका दुर्गा मन्दिरमा पनि सरायनाच निकालिएको हो ।

मन्दिर स्थापना बर्ष देखिनै बिजया दशमी र चैते दशैमा बिशेष पुजाआजा सहित सराय नाच निकालिने र अन्य दिनहरुमा देवी दुर्गाको नियमित पुजा हुने गरेको मन्दिर ब्यवस्थापन समिति अध्यक्ष घनश्याम पाण्डे बताउनुभएको छ । उहाँले घटस्थापना देखि आजको सराय मेला सम्पन्न गर्न साथ दिनुहुने सम्पूर्णमा धन्यवाद दिदै रैनादेवी आमा समुहको प्रशंसा गर्नुभएको थियोे । बिशेष गरि आजको दिनलाई अर्घाखाँची सराय मेला भनेर भन्ने गरिएता पनि देशभरका दुर्गा मन्दिरमा सराय नाच नाचेर मनाउने गरिन्छ । पुर्णिामाको अवसर पारेर मनाईने यो पर्व सैनामैनामा पनि धुमधामका साथ मनाईएको थियोे ।

सराय नाच दुर्गा मन्दिरबाट निकालिएर नजिकको नदि ईङ्गुरिया नदिमा जमरा बिर्षजन गरि सम्पन्न भएको मन्दिर ब्यबस्थापन समिति सहसचिव महेश अधिकारीले जानकारी गराउनु भएको हो । जमरा बिर्षजन सँगै आज देखि यो बर्षको बिजया दशमी समापन भएको छ ।

भिडियो

 
 
  
 

You may also like