परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । राजदूत बेरी मन्त्री खड्कालाई भेट्न सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

उक्त अवसरमा मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना भाइरसविरुद्ध सहयोग गरेकोमा अमेरिकी सरकार र जनतालाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विषय र बहुपक्षीय संलग्नताका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

खड्का मन्त्री नियुक्त भएपछि पुगेका बेरीले शुरुआतको भेटवार्तामा नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई समेत दिएका थिए । नेपालमा एमसीसी सम्झौतालाई लिएर प्रश्न उठेपछि केही समय अघि मात्र नेपाल सरकारले अमेरिकी सरकारमार्फत ११ विवादित विषयमा प्रश्न सोधेको थियो । जसको उत्तर अमेरिकाले नेपाललाई पठायो ।

साथै, एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन गराएर कार्यान्वयन लाने सम्बन्धमा वासिङ्टनडीसीबाट एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालको चार दिने भ्रमण गरेकी थिइन् । सुमारले नेपालमा भेटवार्ताका सम्बन्धमा एमसीसीको बोर्ड बैठकमा समेत जानकारी दिइसकेकी छन् ।

 

 
 
  
 

You may also like