रुपन्देहीमा एमालेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरण

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा नेकपा एमालेको समानान्तर जिल्ला कमिटीलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा रुपान्तरण गरिएको छ ।

शुक्रबार बुटवलमा सम्पन्न समानान्तर कमिटीको बैठकले सर्वसम्मत रूपमा आफूलाई नेकपा (एकीकृत समाजवादी) मा परिणत गरएको हो । बैठकले सर्वसम्मत रूपमा एमाले समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङलाई नै एकीकृत समाजवादीको पनि अध्यक्ष चुनेको छ ।

बैठकमा सहभागी सदस्यहरूले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई नै धोका दिएको निष्कर्ष निकालेका छन् । यसैकारण आफूहरूले पार्टीलाई नेकपा (एकीकृत समाजवादी) मा रूपान्तण गरेको उनीहरूले बताएका छन् । एमाले पार्टी विभाजनमा रुपन्देहीका अधिकांश वडा अध्यक्षहरु एकीकृत समाजवादीमा आउने तयार रहेको अध्यक्ष गुरूङले बताए ।

 
 
  
 

You may also like