रोटरी डाउनटाउनद्धारा राहत वितरण

by समतल अनलाइन

बुटवल । वर्षासंगै बाढीमा परेका देवदह नगरपालिकाका पिडितहरुलाई रोटरी क्लब अफ बुटवल डाउन टाउनले राहत वितरण गरिएको छ । रुपन्देहीका उद्योगी तथा समाजसेवी नरिस्वर पौडेल, हाइलाइफ ग्रुपका रमेश बेल्बासेबाट सहयोग भएको चाउचाउ, चिउरा, बिस्कुट लगायत खाद्यान्न क्लबका अध्यक्ष जबिन कक्षपतिले देवदह नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बैकुण्ठ कुवरमार्फत शुक्रबार हस्तान्तरण गरेका हुन । क्लबका अध्यक्ष जबिन कक्षपतिले समस्यामा परेका पिडितको सहयोगमा आफुहरु निरन्तर लागेको बताए । क्लबका सदस्य तथा सामाजिक ब्यक्तित्वमार्फत जुटेको सहयोगलाइ सरोकारवाला समक्ष पुर्याउन पुलका रुपमा काम गर्दै आएको उनले बताए ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष पिताम्वर ज्ञवाली, इलेक्ट प्रेसिडेन्ट भरत राना, कोषाध्यक्ष भानु खत्री, सदस्य प्रेमा केसि, रमेश बेल्बासे, सहज कर्ता अन्जु श्रेष्ठले पिडितहरुसम्म पुगेर सहयोग गर्न नै अहिलेको पहिलो प्राथमिकता भएको भन्दै सबै क्षेत्र यसमा लाग्नुपर्ने बताए । यसैगरि क्लबको सहयोगमा देबदह स्थित चेली कृषि सहकारी सस्थामा आबद्ध महिला दिदिबहिनीहरुलाई निसुल्क ३ महिने सिलाइकटाईको समेत उदघाटन गरिएको छ । घरको चुलाचौकामा ब्यस्त रहने महिलाहरुलाई सीप सिकाएर आर्थिक आयआर्जनमा अग्रसर गराउने लक्ष्यसहित कार्यक्रम शुरु गरेको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए । क्लबको सहयोगमा दुई वर्ष अघि ३० वटा सिलाई मेशिन हस्तान्तर गरेर निरन्तर तालिम संचालन गर्दै आएको उनले बताए । तालिममा २५ जना महिलाहरु सहभागी भएका छन ।

 
 
  
 

You may also like