नमुनाको घुम्ती कपडा बैंक कार्यक्रम रामापुरमा सम्पन्न

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना। मुसहर बस्तीका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले सैनामैनाको रामापुरमा अवस्थित नमुना बाल क्लबले लुम्बिनी घुम्ती कपडा बैंक सञ्चालन गरेको छ । शुक्रबार बिहान ९ बजेदेखि मध्यान्ह १२ बजे सम्म सैनामैनाको रामापुर चोकमा बैंक सञ्चालन गरिएको थियो ।

बालबालिकाद्वारा सञ्चालित उक्त कपडा बैंकबाट एक हजार पाँच थान लत्ताकपडा संकलन हुनुका साथै एक सय जुत्ता चप्पल सहयोग भएको नमुना बाल क्लबका अध्यक्ष शिबु भण्डारीले बताएका छन । उनले आजै बेलुका ४ बजेदेखि ६ बजेसम्म बाँसगढीमा पनि बैंक सञ्चालन गरिने कुरा बताए ।

यस्तै उक्त बैंक सञ्चालन कार्यक्रमका संयोजक कल्याण न्यौपानेले बाल क्लबले गरेको काममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै नमुना बाल क्लबले बालबालिकाको हक हितका क्षेत्रमा पनि कार्यक्रम गर्नेगरेको अवगत गराए । कार्यक्रम क्लबका अध्यक्ष शिबु भण्डारीको अध्यक्षता , कल्याण न्यौपानेको संयोजकत्व तथा अारजु बस्याल , स्वेच्छा बस्याल , सुभम भण्डारी लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

केही समयपछि घुम्ती बैंक बासगढी चोकमा सञ्चालन हुँदै छ ।

 
 
  
 

You may also like