बुटवलमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको नयांगाउंमा मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा चालकको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुनेमा बुटवल–३ गोलपार्कका ४५ वर्षिय गणेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ आउंदै गरेको लु ३० प २३२१ नं.को मोटरसाइकल नयांगाउको मिलनपार्क नजिक शुक्रबार बिहान अनियन्त्रित भएर पल्टिंदा अधिकारी गम्भीर घाइते भई बेहोस भएका थिए । अधिकारीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

यस्तै बुटवल–१० बुटवल मण्डप अगाडि मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ । लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले गए राति ११ बजेतिर ठक्कर दिंदा घाइते भएका अन्दाजी ५५ वर्षिय नाम ठेगाना नखुलेका पुरुषको शुक्रबार बिहान मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख इन्स्पेक्टर हेम केसीले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको केसीले बताए ।

 
 
  
 

You may also like