मलेसियामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि

काठमाडौं । मलेसियामा कोरोना भाइरसका कारण दैनिक मृत्यु हुनेको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिए । मलेसियामा अहिलेसम्म कूल सङ्क्रमितको संख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उनले बताए । उनका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही गम्भीर अवस्थामा रहेका छन् ।

 
 
  
 

You may also like