१० बुँदे प्रस्ताव कार्यान्वयनमा नेताहरु सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरुले व्यक्त गरेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउनका लागि सो पस्ताव कार्यान्वयन गर्नुपर्ने निष्कर्ष उनीहरुको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा शनिबार बसेको विघठित कार्यदलले १० बुँदे प्रस्ताव कार्यान्यवन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान प्रस्ताव कार्यान्वयनमा लगाउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धमा सबै सहमत रहेको बताए ।

प्रस्ताव कार्यान्वयनका लागि सबैले आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढ्ने निष्कर्ष बैठकको रहेको बताए । ‘पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने विषयमा हामीले प्रतिवद्धता जनाएका छौं,’ नेम्वाङले भने, ‘भर्खरै १० बुँदे सहमति गरेर शीर्ष नेतालँई बुझाएका छौं । राजधानी दैनिकबाट

 
 
  
 

You may also like