पाल्पामा पहिरो खस्दा १ जनाको मृत्युु

बुटवल ।पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको हो ।

पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

सो ट्याक्टर डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा हिलोमा फसेको थियो । ट्याक्टर फसेपछि लु१क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका १ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 
 
  
 

You may also like