विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

काठमाडौं। सत्तारुढ नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’, राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लेखेका ब्यानर र प्लेकाड बोकेका थिए । अधिकांश प्रदर्शनकारीहरूले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए ।

 
 
  
 

You may also like