जसपा नेपाल खारेजीको माग गर्दै अदालतमा रिट

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) खारेजीको माग गर्दै अदालतमा रिट पुगेको छ । तत्कालीन राजपा उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकीकृत गरी बनाइएको पार्टी जसपा खारेजीको माग गर्दै अदालतमा रिट हालेका हुन् ।

रिटमा निर्वाचन आयोग, तत्कालीन राजपा, पछि समाजवादी पार्टीसँग एकीकृत भई बनेको जनता समाजवादी पार्टी नेपाललाई विपक्षी बनाई उत्प्रेषण, परमादेशलगायतको आदेश जारी गर्न माग गरिएको छ ।

राजपा नेपाल र सपा बीचको एकता नै संवैधानिक नभएको जिकिर निवेदनमा गरिएको छ । उक्त एकीकरण त्रुटीपूर्ण रहेको भन्दै खारेजीका लागि निर्वाचन आयोगमा दिएको निवेदनलाई अन्देखा गरी आयोगले एकिकृत भई बनेको नयाँ दल जसपा दर्ता गरेकाले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको निवेदनमा उल्लेख छ । दल दर्ता नै संविधान र कानुन विपरित गरिएको जिकिर गर्दै एकीकरण पूर्वको दुई दल राजपा र सपा नेपाल कायम गरी पाउन निवेदनमा माग गरिएको छ ।

 
 
  
 

You may also like