नेपालपछि प्रचण्डको देउवासँग भेटघाट

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा दुई नेताबीच भेट भएको हो । दुई नेताबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल हुने जनाइएको छ । एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समाचार आइरहेको बेला दुई नेता छलफलमा जुटेका हुन् । अध्यक्ष प्रचण्डले आज विहान नै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेटघाट गरेका छन् ।

भेटमा अध्यक्ष प्रचण्डले एमाले एकताबारे चासो राखेका थिए । स्वास्थ्यमा केहि गडबडी भएपछि आराम गरिरहेका नेपाललाई भेटेर अध्यक्ष प्रचण्डले स्वास्थ्यबारे जानकारी लिएको जनाइएको छ । भेटमा वरिष्ठ नेता नेपालले आफू राजनीतिक मान्यतामा स्पष्ट रहेको बताएका जनाइएको छ । उनले एमालेको एकता कुनै लेनदेनको विषय नभएको भेटमा बताएको जनाइएको छ ।

 
 
  
 

You may also like