१,३१६ ले जिते कोरोना, २,२३९ नयाँ थपिए, २० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६,६५७ पीसीआर परीक्षणमा १,४७९ जनामा कोरोना पुष्टि भएको हो ।

४,६५६ एन्टिजेन परीक्षणमा ७६० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २,२३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । काठमाडौ उपत्यकामा ३ सय ८० जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौका २ सय ६१, ललितपुरका ७४ र भक्तपुरका ४५ जना रहेका छन् । उपत्यका पछि झापा, मोरङ्, सुनसरी, मकवानपुर, चितवन र कास्कीमा बढी संक्रमित भेटिएका छन् ।

परीक्षणको तुलनामा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी संक्रमण देखिएको छ । यस अवधिमा १ हजार ३ सय १६ जनाले संक्रमण जितेका छन् । यस्तै, २४ घण्टामा १,३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९,३४० पुगेको छ ।

 
 
  
 

You may also like