निको हुने भन्दा कोरोना संक्रमित हुने झण्डै दोब्बरले बढे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुने भन्दा संक्रमित हुनेको संख्या झण्डै दोब्बरले बढेको छ । नेपालमा गएको २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

१२ हजार ५८५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन् । यो अवधिमा १,५६५ जना संक्रमणमुक्त भएका छन् । निषेधाज्ञा खुकुलो भएपछि नेपालमा पुनः संक्रमितको संख्या बढ्दै गएको छ । हिजो पनि संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्या धेरै थियो ।

आज १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ । यस्तै, आज काठमाडौं उपत्यकामा ४९९ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं ३६५, ललितपुर १०५ र भक्तपुर २९ जना रहेका छन् ।

हिजो पनि संक्रमणमुक्त हुनेभन्दा संक्रमितको संख्या बढी थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हिजो २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको थियो भने २ हजार २११ जना संक्रमणमुक्त भएका थिए। यस्तै, २३ जनाको मृत्यु भएको थियो ।हिजो काठमाडौं उपत्यकामा ५५१ जनामा संक्रमण देखिएको थियो । जसमा काठमाडौं ३७८, ललितपुर १२४ र भक्तपुर ४९ जना रहेका थिए ।

 
 
  
 

You may also like