त्रिभुवन विश्वविद्यालयलाई ध्यान आकर्षण गराउन चाहन्छौ

त्रिभुवन विश्वविद्यालय नेपालको एउटा प्राज्ञिक संस्था हो।त्यसैले त्रिभुवन विश्वविद्यालयले सबै जातजाति,भाषाभाषी ,धर्म र संस्कृति भएका नेपालीहरुको मर्म र भावनाअनुरुप कार्य गरेमा मात्र सबैको”त्रिभुवन विश्वविद्यालय हो”भन्ने भावना प्रकट हुन्छ।यति दिन देखि सबै विद्यार्थी फुर्सदमा थिए।घरपरिवार सँग रमाउदै लकड़ाउन विताउदै थिए तर अचानक त्रिभुवन विश्वविद्यालय लाई परीक्षा लिन हतार भयो । नभन्दै त्रिभुवन बिश्वबिद्धालयले श्रावण ५ गतेदेखि बि.एससी दोस्रो बर्ष, बिबिएस दोस्रो बर्ष र बिए दोस्रो बर्ष र बि.एड दोस्रो बर्षकरको परीक्षा लिने तालिका सार्वजनिक गरेको छ। त्यस तालिका अनुसार श्रावण ६ गते मुस्लिमहरुको दोस्रो ठुलो चाड इद-उल-अजहाको दिन समेत ३ वटै संकायको परीक्षा राखेको छ। देशमा मुस्लिमहरुले लोकतन्त्र र धर्म निरपेक्षताको अनुभुती कहिले गर्ने??हाम्रो लागि आउदै गरेको लोकतन्त्र सायद बाटो विरायो ।त्रिभुवन विश्वविद्यालयले परिक्षा तालिका तयार पार्दा सबैको चाडपर्वको ध्यान दिने तर मुस्लिमहरुको जहिले बारम्बार उपेक्षा किन गरेको होला??

कति! दुर्भाग्य र लाजमर्दो अवस्था हो। हाम्रो मुस्लिम नेताकार्यकर्ता र मुस्लिम आय‍ोगको समेत बिजोग अवस्था छ।प्रत्येक वर्ष भिख जस्तै सार्वजनिक बिदाको लागि प्रधानमन्त्री र गृहमन्त्री कहाँ विज्ञप्ति लिएर जाने त्यहाँबाट आश्वासन लिने।मुस्लिम विद्यार्थीहरुको लागि हरेक वर्ष चिन्ताजनक विषयको रुपमा बनेका छन्।जब समय कानुनी र संवैधानिक रुपमा मुस्लिम समुदायको पर्वहरुमा राष्ट्रिय स्तरमा सार्वजनिक विदा राज्यले दिदैन तबसम्म यस्ता समस्या हरु आउने गर्छन।त्यसकारण नेपाल सरकार, त्रिभुवन विश्वविद्यालय ,मुस्लिम आय‍ोग लगायत विभिन्न विद्यार्थी संगठनहरुले साथै दलका

नेता लगायत सम्पूर्ण शौक्षिक सरोकारवाला निकायहरुले समयमै ध्यानाकर्षण होस्।
आशिक अली
स्नातकोत्तर (शिक्षा संकाय) (त्रिभुवन विश्वविद्यालय)

 
 
  
 

You may also like