जन्मदिन मनाउन मेयर पुगे मुसहर बस्ती

by समतल अनलाइन

झविन्द्र देवकोटा
देवदह । देवदह नगरपालिका मेयर हिराबहादुर खत्रीले आफ्नो ४४ औं जन्मोत्सव विपन्न समुदाय रहेको मुसहर बस्तिमा मनाएका छन् ।

देवदह नगरपालिका ४ सोहीया टोलमा रहेका लोपउत्मुख विपन्न मुसहर समुदायलाई भेटेर तथा उनीहरुसँग खाना खाएर मेयर खत्रीले आफ्नो जन्मोत्सव मनाएका हुन् ।

खत्रीले मुसहर बस्तिमा रहेका झण्डै डेढसय जनालाई खाना खुवाएका थिए । यस्तै उनले वृद्धवृद्धालाई लत्ताकपडा र शैक्षिक कृयाकलापमा सघाउ पुगोस भनेर मुसहर बस्तिका साना स्कुले बालबालिकाहरुलाई शैक्षिक सामग्रि समेत प्रदान गरे ।

सो अवसरमा खत्रीले आफु र विपन्न मुसहर समुदायसँगको सम्वन्धलाई प्रगाट बनाउन तथा खुसि साट्न आफ्नो जन्मोत्सवले अवसर जुटाइ दिएको भन्दै आगामी दिनमा पनि विपन्न तथा असहायसँगै बसेर जन्मोत्सव मनाउने बताए ।

 

देवदह जेसिजले समन्वय गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य बासुदेव रिमाल, देवदह नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष दामोदर क्षेत्री, देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोद खनाल, देवदह जेसिजका अध्यक्ष केशव अधिकारी, पुर्व अध्यक्ष विष्णु न्यौपाने, निर्मल ढुंगाना, छवी जिसि, महासचिव राजेन्द्र न्यौपाने, अर्जुन पोखरे, हरि न्यौपाने, लालबहादुर चौधरी लगायतले मेयर खत्रीलाई जन्मदिनको शुभकामना दिएका थिए । उक्त सोहीया बस्तिमा बस्ने विपन्न मुसहर समुदायले दैनिक ज्यालादारी गरेर आफ्नो दैनिकी गुजादै आएका छन् ।

 
 
  
 

You may also like