औषधी ब्यवसायी संघद्वारा रक्तदान

स्वस्तिक श्रेष्ठ
बुटवल ।नेपाल औषधि व्यावसायी संघले ४८ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखामा वृहत रक्तदान कार्यक्रम गरेको छ । संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारीको तस्बिरमा महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईले विहिबार टीका तथा पुष्प गुच्छा अर्पण गरि रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए । पेशाको संवेदशिल प्रति सबै ब्यवसायीहरु बुझनुपर्ने भन्दै उनले कोभिड संक्रमणको अहिलेको समयमा पनि अग्रपंतिमा रहेर ब्यवसायीहरुबाट योगदान दिएको बताए ।

संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सामरिक, आर्थिक, ब्यवसायीक, पर्यटकिय पहिचान बनाएको रुपन्देही पछिल्लोसमय सामाजिक क्षेत्रमा योगदान दिने रुपमा पनि अग्रसर रहेको बताए । संघका अध्यक्ष सुरज भट्टराईले ब्यवसायी हितसंगै सामाजिक उत्तरदायित्व बहनमा आफुहरु निरन्तर लागेको बताए । मानव जिवनको महान दानमध्येमा रक्तदान सबैभन्दा पूण्य दान भएको भन्दै युवाहरुको अग्रसरता जरुरी रहेको बताए । कोभिड संक्रमणको जटिल परिस्थितिमा पनि रुपन्देहीका रक्तदाताहरुबाट देशकै लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।

 
 
  
 

You may also like