बम्घा रुपन्देही सम्पर्क समाजको तिज मिलन, बम्घेलीहरुलाई हास्यकलाकार पुर्खे बा र श्रीपालीले झुमाए

by समतल अनलाइन

बुटवल ।हरितालिका तिजको अवसरमा गुल्मी बम्घा रुपन्देही सम्पर्क समाजको तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।

समाजले रुपन्देहीमा बसोबास गर्ने दिदिबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तिजमिलन तथा दर खुवाउने कार्यक्रम गरेको हो।

समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले आफ्नो मौलिक कला संस्कृति जगेर्नाको लागि तिज तिज मिलन गरिएको बताउनु भयो।

उहाँले कार्यक्रममा बोल्दै कार्यक्रमले संस्कृतिको रक्षा गर्ने र बम्घेलीहरुको आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने अध्यक्ष भण्डारीले बताउनु भयो।

अध्यक्ष भण्डारीले यस्ता कार्यक्रमले आपसी भेटघाटका साथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी दिनमा कार्यक्रमलाई निरन्तरतासंगै अन्य सामाजिक कार्यक्रम पनि गर्ने बताइनु भयो।

कार्यक्रममा करिव ६५० जनाको सहभागिता रहेको समाजका कोषाध्यक्ष सरोज ज्ञवालीले जानकारी दिनुभयो।

कार्यक्रममा हास्य कलाकार पुरुषोत्तम भण्डारी “पुर्खे बा” र लोक दोहोरी गायिक विष्णु श्रीपालीको प्रस्तुति रहेको थियो।

तिलोत्तमा वार्ड-१ का अध्यक्ष फर्शुराम गिरिको प्रमुख आतिथ्यता , समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता र सचिव प्रकाशलाल श्रेष्ठको कार्यक्रम सन्चालन रहेको थियो।

 
 
  
 

You may also like