थप ४,९५४ ले जिते कोरोना,४१ जनाको मृत्यु

काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९५४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । यो संख्या कुल संक्रमितको ९० दशमलब २ प्रतिशत हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ वटा नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ४,५२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा थपिए ४७६ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ जना संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा अहिले सक्रिय संक्रमितको संख्या ९,३४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ७६१ जना आईसीयू र २१८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 
 
  
 

You may also like