भारतमा थप ६७ हजार संक्रमित, १ हजार ४११ संक्रमितको मृत्यु

काठमाडौँ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६७ हजार संक्रमित थपिएका छन् ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६७ हजार २९४ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९६ लाख ९९ हजार ५५५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ८ लाख ३३ हजार ८० जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकै दिन १ हजार ४११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ ।

 
 
  
 

You may also like