अब देशमा सुकुम्बासी समस्या रहदैन ः प्रमुख सचेतक भट्टराई

by समतल अनलाइन

टिका खरेल
सैनामैना । अब देशमा सुकुम्बासी समस्या नरहने राष्टिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताउनु भएको छ ।


श्री पञ्चज्योती स्वावलम्बन बचत तथा क्रृण सहकारी संस्था सैनामैना १० को २० औ साधारण सभामा बोल्दै सो बताउनु भएको हो । बर्तमान वली नेतृत्वको सरकारले नै सबै भुमिहिन तथा सुकुम्बासी समस्याको समाधान गर्ने गरी योजना अगाडी बढाएको प्रमुख सचेतक भट्टराईले बताउनु भयो । “अब नेपाल भुमिहिन र सुकुम्बासी समस्या रहित देश हुने छ” भट्टराईले भन्नु भयो ।

नेपालमा ९० प्रतिशत सहकारी बचत गर्ने र क्रृण दिने मात्र काम गरिरहेका बताउदै भट्टराईले गरिबी निवारणका लागी सहकारी मार्फत उत्पादन र आयआर्जनमा जोडिन आवश्यक रहेको समेत बताउनु भयो ।
ससाना सहकारीहरु एक आपसमा गाभिएर ठुलो पुजी भएको सहकारी बनाएर आयआर्जनमा लाग्नु पर्ने सैनामैनाकी उपप्रमुख बिना रानाले बताउनु भयो ।

नगरपालिकाले समुहमा खेती गर्नेलाई प्रोहत्सान र अनुदान दिने ब्यवस्था समेत भएकोले सहकारी मार्फत समुह बनाएर उत्पादन जोडिए आयआर्जनमा लाग्न समेत रानाको आग्रह थियो । कार्यक्रमा समयमै आउने अतिथी मध्येबाट एक जनालाई घडी उपहार दिईएको थियो ।

श्री पञ्चज्योती स्वावलम्बन बचत तथा क्रृण सहकारी संस्थाकाका अध्यक्ष बिरेन्द्र प्रकाश रेग्मीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थालाई योगदान पुर्याउने बिभिन्न ब्यतिmत्वलाई सम्मान गरिएको थियो । कार्यक्रममा सैनामैना १० का वडाअध्यक्ष लोक नारायण थापा,संस्थाका सचिव माया पौडेल,उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे,बिशाल पोख्रेल लगायतले बोल्नु भएको थियो ।

 
 
  
 

You may also like