पोखरामा भेटियो एलिएन जस्तै निधार नभएको बच्चा

by समतल अनलाइन

पोखरा । पोखरामा भेटियो एलिएन जस्तै निधार नभएको बच्चा भेटिएको छ। १४ महिना अघि मात्र आफ्नो कान्छो सन्तानको रुपमा गणेश परियारलाई पाएकी सुकमाया परियारले अहिले उपचारको अभावमा हैरानीमा छन् ।
पाल्पाकी सुकमाया परियार बिगत तीन महिना देखी पोखराका सडक र मन्दिर अगाडी भौतारिरहेकी छन् गणेश एक साधारण बच्चा छैनन् । जन्मदा नौ सय ग्राम र अहिले १४ महिना पुग्दा सम्म जम्मा साढे दुई किलो तौल भएको बच्चा बोक्दै सुकमाया उपचारमा सहयोग गरिदिन आग्रह गरिरहेकी छन् ।

गणेशको अनुहार पनि अरु बच्चाको भन्दा भिन्न छ । देख्ने र भेट्नेहरुले एलियन जस्तै भएको पनि भन्छन् कतिपयले निधार नै नभएका बालकलाई भगवानको रुप मन्ने गरेका छन् । बाटो हिड्ने देख्नेहरुले केही रुपौया त दिन्छन् तर त्यसले पोखरामा बस्न र खान मात्र ठिक्क छ । बच्चाको शारिरिक बनावट अनुसार नै हरेक महिना अस्पतालमा जाँच गराउनुपर्छ तर अस्पताल लैजाने खर्च उनीहरुसंग नभएकाले तनाबमा छन ।

फोक्सोमा निमोनियले आक्रमण गरेको र त्यसको लागी काठमाण्डु जानपर्ने डाक्टरको सल्लाह छ तर सुकमाया भन्छिन् पैसा छैन कसरी जाउँ ?

 
 
  
 

You may also like