बन क्षेत्रको भुमी सुरक्षीत गर्नु अहिलेको सबैभन्दा ठुलो चुनौती

by समतल अनलाइन

प्रकाश गौतम 
बुटवल । बन क्षेत्रको भुमी सुरक्षीत गर्नु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
देवदह बन समन्यव सन्जाल रुपन्देहीको ७ औ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनको अबशरमा देवदहमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै जिल्ला डिभिजन बन कार्यालयका प्रमुख इन्द्र पछाइले स्थानियबन क्षेत्रका उपभोक्ता सचेत नहुदा सम्म बन सुरक्षित हुन नसक्ने बताउनु भयो । कार्यक्रममा देवदह सव डिभिजन बन कार्यालयका प्रमुख कृष्ण ज्ञवालीले बिरुवा लगाएर मात्र बन संरक्षण नहुने भएकाले स्थानीयको सहयोग भए मात्र हरियाली प्रबद्धन सकिने बताउनु भयो । कार्यक्रममा समाजसेबि सिद्धिचरण भट्राई ,सिद्धेश्वरी सामुदायीक बनका अध्यक्ष जङ्ग ब श्रेष्ठ , स्मृति सामुदायीक बनकी सचिब मिना श्रेष्ठ , लगायतले बोल्नु भएको थियो ।
साथै आजै सम्पन्न तेस्रो अधिबेशनले पुनः खेम नारायण अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा तेज ब कुवर ,सचिबमा चमकान्त गौडेल , सह सचिबमा टेक बहादुर राना कोषाध्यक्षमा रुका सापकोटा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा जिबलाल रेग्मी , के बि थापा , कमल न्यौपाने , हरि ज्ञवाली , बिर ब थापा लगायत रहनु भएको छ । सस्थाका अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सस्थाका सचिब चमकान्त गौडेलले गर्नु भएको थियो ।

 
 
  
 

You may also like