सवारी दुर्घटनामा बृद्धाको मृत्यु

by समतल अनलाइन

लुम्बिनी । अत्याधिक भार बोकेर तीब्रगतिमा सवारीसाधन चलाउदा ट्रयाक्टर दुर्घटनामा परि रुपन्देहीमा एक बृद्धाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देहीको गैडहवा गाँउपालिका वडा नं. ३ बस्ने ६० बर्षीय गायत्री चौधरी रहेकी छन । मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम पश्चात आवश्यक अनुसन्धान अगाडी बढाईएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक ईश्वरकार्कीले जानकारी गराए ।

लु ३ त ४३९४ नं. को ट्रालीट्रयाक्टर गैडहवा ३ गोबडउरी जाने बाटोमा अनियन्त्रित भई पल्टिए पछि च्यापिएर बृद्ध महिला चौधरीको घटना स्थलमै मृत्यु एको प्रहरीले जनाएको छ । सोही ट्रालीट्रयाक्टरमा सवार गैडहवा ३ बस्ने ६५ बर्षीय निशाचौधरी, १७ बर्षीय सुग्रीम हरिजन, १० बर्षीया महिमा कोहाँर लगायत ११ जना घाईते भएका छन ।

घटना स्थलमा पुगेको प्रहरीटोलीले घाईतेहरुलाई उद्धार गरि उपचारका लागि मेडिकल कालेज भैरहवा पठाउनुका साथै फरार ट्रयाक्टरधनी र चालकको खोजी भईरहेको ईप्रका लुम्बिनीले जनाएको छ ।

धार्मिक कामका लागि २५ जना महिलापुरुष जलभर्न सो ट्रालीट्रयाक्टरमा सवार भई जान लाग्दा तीब्रगति तथा ओभरटयाकका कारण अनियन्त्रित हुदा दुर्घटना भएको स्थानीय र प्रहरीको भनाई छ ।

 
 
  
 

You may also like