डिएलएले प्रदेश स्तरिय विचार गोष्ठी गर्ने

by समतल अनलाइन

बुटवल । डेमोक्रेटिभी लयर एशोसिएसन (डिएलए ) प्रदेश ५ को आयोजनमा बुटवलमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्मन्न भएको छ ।

चाड पर्व लक्षित शुभकामना आदन प्रदान तथा संस्थाले केहि समय पछि गर्न लागेको विचार गोष्ठि र स्मारिकाका विषयमा छलफल कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै डिएलए प्रदेश अध्यक्ष गोकर्णसिंह थापाले लोकतन्त्रमा विस्वास गर्ने कानुन व्यवसायीहरुले खेल्नु पर्ने भुमिका र संघिय संरचनामा भैरहका समस्याका विषयमा वहस जरुरी रहेको बताए ।

उनले केहि समयपछि गरिने विचार गोष्ठिमा देशको लोकतन्त्र र यसको संस्थागत विकासका लागि खुल्नु पर्ने भुमिकाका विषयमा गंभिर छफल हुने बताए । सो अवसरमा नेपाली कांग्रेसका नेताहरुले डिएलएले उठाएका विषयमा आफुहरुको समर्थन रहेको भन्दै सहकार्य र समन्वयका लागि सधै तयार रहेको बताएका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका उपसभापती फडिन्द्र शर्मा, क्षेत्रिय सभापती हरि लम्शाल, कांग्रेस नेताहरु युवराज गिरी, हरि वहादुर आचार्य, हरिध्वज मल्ल, विष्णु पोख्रेल, खेलराज पाण्डे, रामप्रसाद अधिकारी,वालकुमारी भण्डारी, माया गौतम परशुराम ढकाल विमलराज भट्टराई ज्योती भण्डारी लगायतले धारणा राखेका थिए ।

सो अवसरमा कानुन व्यवसायीहरु बुद्ध वहादुर थापा, जोग वहादुर खत्री, गोविन्द्र मरासीनी माधव घिमिरे, खडानन्द भण्डारी लगायतले बोलको थिए ।

 
 
  
 

You may also like