भाग्य बोक्ने झोला पाउँदा विद्यार्थीहरु हर्सित

by समतल अनलाइन

बुटवल। सामाजिक कार्यमा कृयाशिल संस्था पहिलो पाइलाले अर्को उदाहरणिय कार्य सम्पन्न गरेको छ । बुटवलको प्रगतिनगर माविका गरिव, जेहेन्दार ६० जना बिधार्थिलाई भाग्य बोक्ने झोला बितरण गरेको हो । पहिलो पाइला नेपाल बुटवल शाखा र लियो क्लव अफ बुटवल सिटिको सयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष आयुष पौडेल, लियो क्लव अफ बुटवल सिटिका अध्यक्ष सागर पाण्डेको सभापतित्व , बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदिको प्रमुख आतिथ्यता, पहिलो पाइला नेपाल बुटवल शाखाका सल्लाहकार ठाकुर गैरे, गगाधर न्यौपानेको आतिथ्यता, पहिलो पाइला पाल्पा शाखा सचिव दिपक पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले युवाहरुको सकृयता र सामाजिक कार्यप्रतिको लगावले आफुलाई धेरै प्रेरणा मिलेको बताउदै, आगामी दिनमा कार्यक्रम गर्दा उपमहानगरले सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ।

पहिलो पाइलाका कार्यक्रम सयोजक बिनोद बस्यालले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पहिलो पाइला पोखरा शाखाका कोषाध्यक्ष शिला तिमिल्सिना, कार्यसमिती सदस्य सुरक्षा पौडेल,सदस्य सागर सापकोटा ,सदस्य प्रेम थापा , लियो डिस्टृक 325 बि 2 नेपालका प्रेसिडेन्ट एड्भाइजर अलिशा तुलाधर श्रेष्ठ , लियोका सस्थापक अध्यक्ष आशिष् सुवेदी लगायतको उपस्थिति रहेको थियो।भाग्य बोक्ने झोला पाएपछी बिधार्थी हर्षित बनेका थिए। पहिलोका अध्यक्ष आयुष पौडेलले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरंतरता दिने प्रतिवद्दता गर्नुभएको छ।

 
 
  
 

You may also like