सिद्धबाबामा गुडिरहेको बसमाथि ढुंगा खस्दा पाँच यात्रु घाइते

by समतल अनलाइन

बुटवल। रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान–सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् ।

तानसेनबाट बुटवल आउदै गरैको लु १ ख ६१८० नम्बरको बसमा ढुङ्गा खसेको हो । ढुंगा खस्दा बसमा सवार चालक तिलोत्तमा नगरपालिका–४ का वर्षीय कमल राउत, वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका–६, मस्याम ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी–५, हात्तीलुङका २३ वर्षीय सन्तोष चौहान घाइते भएका छन् ।

सो बसमा २० जना यात्रु सवार रहेका थिए । पाँच यात्रु बाहेक अन्य यात्रुलाई कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भैरहेकोे दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तिमगरले बताए ।

राजमार्गको तिनाउ जलविद्यूत्को हेडबक्स नजिकै माथिबाट खसेको ढुंगा लाग्दा बसमा सवार यात्रुहरु घाईते भएका हुन् ।

 
 
  
 

You may also like