खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

by समतल अनलाइन

बुटवल । पौडि खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा खोलामा डुबेर एक बालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबास बस्ने ११ बर्षिय सोभिन अर्याल रहेका छन् । आज दिउसो घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात दाहसंस्कारका लागि सब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like